back
prabhu insurance
himalayanlife

ज्योति विकास बैंकका ग्राहकलाई ‘होटेल मार्कोपोलो’ मा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित ‘होटेल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले ललितपुरस्थित’बेक्ड एण्ड सर्भ्ड’ मा १२ ५ सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसोर्ट’ र ललितपुरस्थित ‘प्याराडाइज हिल्स’ मा बैंकका ग्राहकहरूलाई १०५ सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीए मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।