back
stc
prabhu insurance

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १ बराबर ०.४२ का दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासनबाट कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ संकलन गर्नेछ। हकप्रद शेयर निष्कासनका लागि इन्स्योरेन्स कम्पनीले जेठ १६ गते १ दिन बुक क्लोज गरिसकेको छ।

यसर्थ जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकिएको छ।