back
prabhu insurance
himalayanlife

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ६६९.९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ तोकिएको छ।

सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट सा शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा पूर्ण रूपमा शेयर बिक्री नभएमा बाँकी बसेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।