back
stc
prabhu insurance

टेस्ला अब भारतमा, पहिलो इलेक्ट्रिक एसयूभी मोडल वाई बुकिङ खुला

टेस्लाले भारतमा आफ्नो पहिलो कार मोडल वाई लन्च गरेको छ। यो फुल इलेक्ट्रिक एसयूभी हो, जसबाट एकपटकको फुल चार्जमा ६२२ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । सेफ्टीका लागि यसमा लेभल २ एडास र ८ वटा एयरब्याग जस्ता फिचर समावेश गरिएको छ।

टेस्लाले भारतमा मोडल वाई दुई भेरिएन्ट रियर ह्विल ड्राइभ र लङ रेन्ज रियर ह्विल ड्राइभमा पेश गरेको छ । रियर ह्विल ड्राइभ भेरिएन्टको मूल्य ६० लाख भारु राखिएको छ भने लङ रेन्ज रियर ह्विल ड्राइभको मूल्य ६८ लाख भारु तय गरिएको छ। यद्यपि, विश्व बजारमा यस कारको अल ह्विल ड्राइभ संस्करण पनि उपलब्ध छ।

टेस्लाको वेबसाइटमार्फत २२ हजार भारु टोकनमा सो कार बुकिङ गर्न सकिन्छ। कम्पनीले अक्टोबर महिनादेखि डेलिभरी सुरु गर्ने जनाएको छ।

मोडल वाईको डिजाइन र प्रविधिमा केही नयाँ अपडेट गरिएको छ । यसको बाहिरी भागमा नयाँ पाङ्ग्रा, टायर, ब्रेक र पुनः ट्युन गरिएको सस्पेन्सन समावेश छ । यसमा क्रस(कार ल्याम्प डिजाइनमा आधारित संसारकै पहिलो इन्डाइरेक्ट रिफ्लेक्टिभ टेललाइट पनि छ।

इन्टेरियरमा एम्बिएन्ट इन्टेरियर लाइटिङ, रिफाइन्ड मटेरियल्स, भेन्टिलेटेड फर्स्ट(रो सिट, पावर फोल्डिङ  सेकेन्ड–रो सिट,  पछाडि ८ इन्चको टचस्क्रिन र  चारैतिर  एकोस्टिक ग्लास प्रयोग गरिएको छ।