back
stc
prabhu insurance

शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्दै

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपियाँ बराबरको प्रतिशेयर १०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता साधारण शेयरको १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । शेयरधनीले असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनार्थ साउन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

त्यसैले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदबाट संकलित रकम कम्पनीले विद्युत् उत्पादन गरिरहेका आयोजनाहरुको बैंक तथा वित्ती संस्थाको बक्यौता ऋण तिर्न प्रयोग गर्नेछ ।