back
prabhu insurance
himalayanlife

सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ १९ गतेभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

यसअघि यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको कम्पनीले स्पष्ट पारेको छ।