आर्थिक वर्षको पहिलो महिनामै निर्यात ९५ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै आयात र नियात दुवै बढेको छ । आयात ११.४२ प्रतिशतले बढ्दा निर्यात ९५.५७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २८ अर्बको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ४३ अर्बको आयात भएको छ ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा १० अर्ब ८० करोडको भट्मासको तेल, ५ अर्ब ७७ करोडको पेट्रोल, ५ अर्ब ८८ करोडको डिजेल र ४ अर्ब ६६ करोडको खाना पकाउने ग्यास आयात भएको छ ।
त्यस्तै रासायनिक मल ४ अर्ब ६५ करोड, फटिलाइजर ग्रेड २ अर्ब ३० करोडको आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै ३ अर्ब ४१ करोडका १ लाख ९८ हजार थान स्मार्टफोन आयात भएका छन् ।
निर्याततर्फ १० अर्ब ६९ करोडको भट्मासको तेल, ३७ करोडको चिया, ६ करोड ७१ लाखको पाम तेल र ६ करोड ५१ लाखको सूर्यमुखी तेल निर्यात भएको छ । त्यस्तै ३४ करोडको भिनियर र ८२ करोडको कार्पेट निर्यात भएको छ ।
वि.सं.२०८२ भदौ ६ ०६:३४




















