back
prabhu insurance
himalayanlife

एभरेष्ट बैंकको साधारणसभा आज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

उक्त साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।