back
stc
prabhu insurance

बढ्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।

यो निर्णयसँगै अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको निगमले जनाएको छ। यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।