back
stc
prabhu insurance

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका सो शेयर बिक्री गर्न लागेको हो ।

शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

बैंकले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।