back
stc
prabhu insurance

आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य 

काठमाडौँ  ।  सरकारी  स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३४ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १४५, गाजर (तराई) प्रतिकिलो रु १३५, बन्दा (तराई) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६५, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १४०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु १०० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकिलो रु हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, कागती प्रतिकिलो रु १२०, काक्रो (लोकल)  प्रतिकिलो रु ५५, काक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, लप्सी प्रतिकिलो रु ६५, अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, रूख टमाटर प्रतिकिलो रु १५०, काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।