back
prabhu insurance
himalayanlife

हिमालयन लाइफको इन्स्योरेन्सले १९ औँ वार्षिक साधारण सभा आज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १९ औँ वार्षिक साधारणसभा आज माघ २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभाले सञ्चालक समितिबाट नियुक्ति गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिका साथै सञ्चालक समितिको खर्च पनि अनुमोदन गर्नेछ।

साधारण सभाले साधारण सभाका प्रस्तावित विषयमा नियमनकारी निकायले कुनै फेरबदल वा संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।