back
stc
prabhu insurance

वैशाख २१ गतेदेखि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ जारी गर्ने

काठमाडौं । वैशाख २१ गतेदेखि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरको कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये १० प्रतिशतले हुने ८५ लाख रुपैयाँ बराबरको ८५ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा निष्काशन गर्न लागिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

आवेदन वैशाख २१ गतेदेखि वैशाख २४ गते बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।