आज सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १२ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४८६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८३ जेठ ३१ १०:४१




















