back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट पाइने भएको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने जनाएको छ।