back
prabhu insurance
himalayanlife

नेशनल लाइफ इन्स्योरेन्सको व्यापारमा आकर्षक प्रगति

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आक्रमक व्यापार भित्र्याएको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन (नयाँ व्यापार) नयाँ उचाइ कायम गरेको छ।

एउटै आर्थिक वर्षभित्र पहिलोपटक कम्पनीले ७ अर्ब रुपैयाँ बढीको प्रथम बीमाशुल्क आर्जन गर्दै इतिहास रचेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा नयाँ बीमालेखको बिक्रीबाट प्रथम बीमाशुल्कबापत ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीले प्रथम बीमाशुल्कबापत ६ अर्ब ८ करोड ४५ करोड रुपैयाँ आम्दानीगरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १६.७९ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन भएको गरेको छ। अघिल्लो वर्ष कम्पनीले बीमितबाट १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नवीकरण बीमाशुल्क ७.४६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा वर्षमा २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ९.९७ प्रतिशतले बढेको छ।

यस आर्थिक वर्षमा ऐतिहासिक सफलता प्राप्त गर्न सम्भव बनाएकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारी तथा कम्पनीमा विश्वास राख्दै आएका बीमितप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले हार्दिक आभार प्रकट गरेका छन्।