प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि इन्स्योरेन्स कम्पनीले बिक्रीमा राखेको छ।
इन्स्योरेन्स कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीबाट आवेदन माग गरेको हो। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोकेको फिट एन्ड प्रपर टेस्टको मापदण्ड पूरा हुने आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून तथा नियामकीय व्यवस्था अनुसार उक्त शेयर संस्थापक समूह बाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने इन्स्योरेन्स कम्पनीले जनाएको छ।
वि.सं.२०८३ भदौ २८ ०७:५५




















