back
prabhu insurance
himalayanlife

क्यासिनो नवीकरणको अवधि बढाउन सुझाव

काठमाडौँ । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मङ्गलबारको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् ।

क्यासिनोको नवीकरण हरेक वर्षबाट बढाएर पाँच वर्षमा गर्न र एउटा होटेलमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइनेबारे कानुनमै व्यवस्था गर्न सुझाएका हुन् ।

क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाल क्यासिनोको इजाजतपत्र प्रत्येक वर्षमा नवीकरण गर्ने व्यवस्था छ ।

यसले गर्दा बैङ्किङ तथा अन्य वित्तीय सहुलियत प्राप्त गर्न समस्या रहेको छ । अब प्रस्तावित विधेयकमा उक्त नवीकरण अवधि बढाएर तारे होटेल जस्तै पाँच वर्षमा गर्ने व्यवस्था गर्न आवश्यक छ ।

त्यस्तै क्यासिनोको वर्गीकरण नगरी एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था स्पष्ट गर्न आवश्यक छ ।”

व्यवसायी बलराम सापकोटाले भन्नुभयो, “सरकारले सानो क्यानिसो खोल्न प्रोत्साहन गर्नुभन्दा ठुलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनु पर्छ ।”

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।  साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।  बोनस शेयर वितरणपछि चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभाले पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।  साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।  साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।  साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।  लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।