कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रुपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गरेको छ । साथै, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका अन्य प्रस्तावहरु अनुमोदन गरेको छ ।
वि.सं.२०८३ भदौ ३१ १४:५८




















