back
prabhu insurance
himalayanlife

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

काठमाडौँ । डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसा (Visa) ले हालै काठमाडौँमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टमलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोर्होयाएको छ।

“विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति” (Trust that Moves the World Forward) भन्ने मूल नाराका साथ सम्पन्न यस कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाहरूले सहभागी भई अझ सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणबारे आ–आफ्ना धारणा आदानप्रदान गरेका थिए।

यो कन्क्लेभ भुक्तानी क्षेत्रमा आइरहेका परिवर्तन तथा उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाहरूका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न विश्वास, नवीनता र सहकार्यको भूमिकाबारे अर्थपूर्ण छलफल गर्ने महत्त्वपूर्ण मञ्च बनेको थियो।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत (Chargé d’Affaires) मेगन बोल्डिन तथा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

साथै, भिसाको नेतृत्व तहबाट बंगलादेश, नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा र बंगलादेश, नेपाल तथा भुटानका लागि प्रोडक्ट प्रमुख तौफिक इमामको पनि सहभागिता रहेको थियो।

बंगलादेश, नेपाल तथा भुटानका लागि भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले भने, “कुनै पनि सफल डिजिटल भुक्तानी प्रणालीको आधारस्तम्भ भनेकै विश्वास हो। नेपाल डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र अर्थपूर्ण साझेदारी मार्फत यो विश्वासलाई थप बलियो बनाउनु उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसरका ढोका खोल्ने निर्णायक कडी हुनेछ।

हाम्रो अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि तथा सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग आबद्ध गर्दै नेपालको डिजिटल भुक्तानी अभियानलाई साकार पार्न भिसा निरन्तर क्रियाशील रहेको छ।

यस सम्मेलनले हाम्रा वित्तीय साझेदार, नियामक निकाय तथा सरोकारवालाहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री डिजिटल अर्थतन्त्र सुदृढ गर्ने दिशामा हाम्रो साझा अठोटलाई पुनः उजागर गरेको छ।”

सन्ध्याकालीन कार्यक्रमका क्रममा ‘भिसा बिजनेस एक्सलेन्स अवाड्र्स’ पनि प्रदान गरिएको थियो। यी पुरस्कार मार्फत नेपालमा डिजिटल भुक्तानीलाई अघि बढाउन बैंक, वित्तीय संस्था र इकोसिस्टमका साझेदारहरूले पुर्‍याएको नेतृत्वदायी भूमिका, नवीनता र योगदानको कदर गरिएको थियो।

उक्त पुरस्कारले देशको भुक्तानी क्षेत्रलाई सुदृढ बनाउन र डिजिटल भुक्तानी समाधानको अधिकतम प्रयोग बढाउन सरोकारवालाहरूले गरेको सामूहिक प्रयासको उत्सव मनाएको थियो।

भिसा लिडरसिप कन्क्लेभ २०२६ ले ग्राहक, साझेदार, नियामक निकाय र समग्र इकोसिस्टमसँग निकट रहेर नेपालको डिजिटल रूपान्तरणको यात्रालाई सहयोग गर्ने भिसाको निरन्तर ध्यान केन्द्रलाई थप बलियो बनाएको छ।

विश्वव्यापी क्षमता र स्थानीय सहकार्यको समन्वयद्वारा भिसा व्यक्ति, व्यवसाय र अर्थतन्त्र समृद्ध बनाउन सघाउने सुरक्षित, सहज र समावेशी डिजिटल भुक्तानी अनुभव उपलब्ध गराउन प्रतिबद्ध छ।

भिसाको बारेमा
भिसा (NYSE: V) डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो, जसले २०० भन्दा बढी देश तथा भूभागमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था र सरकारी निकायबीचको कारोबारलाई सहज बनाउँदै आएको छ।

सबैभन्दा नवीन, सुविधाजनक, भरपर्दो र सुरक्षित भुक्तानी नेटवर्कमार्फत विश्वलाई जोड्दै व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई समृद्ध बनाउनु हाम्रो ध्येय हो। सबैलाई, सबैतिर समेट्ने अर्थतन्त्रले सबैलाई, सबैतिर उन्नति दिन्छ र पहुँच नै भविष्यको रकम स्थानान्तरणको आधार हो भन्ने हाम्रो विश्वास छ। थप जानकारीका