back
prabhu insurance
himalayanlife

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखराको प्रश्याङ्गमा

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ ।

पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ ।

पोखरा अटो वर्कशको उद्घाटन श्रावण २३, २०७९ का दिन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, युगल सिंह बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुबेदी गण्डकी प्रदेश प्रबन्धकद्वारा अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ ।