सेगवे नेपालको ‘यो दशैँ/तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक
काठमाडौँ । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रा. लिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ ।
यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै÷तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो ।
सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।
यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, रु. १०,००० नगद छुट Amazfit Band 5 वा Amazfit Neo Band, जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् ।

लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (F40), २ जनाले स्मार्ट फोन (Meizu M17) र ५ जनाले Amazfit GTS 2 स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क AMC / EMI को सुविधा पनि छ ।
सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् ।
यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ । नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।
यदि तपाईं यो चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्दै हुनुहुन्छ भने सेगवे ई–स्कुटरहरू तपाईंको रोजाइ बन्न सक्छन् र यसको शोरुम राईजिङ मलमा रहेको छ ।

सेगवे नाइनबटको बारेमा :
छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो ।
यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो ।
नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।
२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो ।
हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् ।
विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ ।
सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइ हव प्रा. लि. हो ।
वि.सं.२०७९ असोज २ १३:३०




















