back
prabhu insurance
himalayanlife

ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ सोरुम 

काठमाडौं । नारायणी अटो बिजनेश प्रा.लि.ले ‘सिएट सप’ नामक सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इंडिया अन्तर्गत अन्तरराष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले गरेका हुन् ।

कार्यक्रममा बोल्दै रावले भने, ‘सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बदलिदो छ ।’ उनले इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने मलाई पूर्ण विश्वास सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए ।

यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए ।

नेपाली बजारमा निरन्तर  वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा सावित हुने उनले दावी गरे ।