back
stc
prabhu insurance

एक्सपिरियन्स टोयोटा आयोजना गर्ने

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराहीस्थित आफ्नो टोयोटा शोरुममा “एक्सपिरियन्स टोयटा” आयोजना गर्ने भएको छ ।

यस आयोजना अन्तरर्गत टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स,,बैंकिङ्ग सुबिधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउनेछन् ।

साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ्ग फाईनान्सको पनि ब्यवस्था गरिएको छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको कम्पन्नीले छ ।