back
prabhu insurance
himalayanlife

जिकरले हाइब्रिड कार ल्याउँदै

चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अर्को वर्ष आयोजना हुने सांघाई अटो शोमा आफ्नो पहिलो हाइब्रिड कार सार्वजनिक गर्ने योजना बनाएको छ ।

हाल बिक्री हुँदै आएको जिकर ००१ विद्युतीय कारलाई हाइब्रिड भर्सनमा उतार्ने कम्पनीको तयारी छ । जसको प्रोटोटाइपलाई कम्पनीले अहिले चिनियाँ सडकमा परीक्षण समेत गर्न थालिसकेको छ ।

ठूला एसयूभी र एमपिभीलाई टार्गेट गरी जिकरले हाईब्रिड सिस्टम विकास गरिरहेको कम्पनीका सिईओ कंगुईले बताए ।

‘बजारमा हाइब्रिडक कारको माग समेत उच्च रहेका कारण हामीले केही मोडललाई मात्र हाइब्रिड पावरट्रेनमा ल्याउन लागेका हौँ । हाम्रो जोड मूलतः ईभीको विकासमै बढी केन्द्रित हुनेछ’ जिकारका सिइओ कंगुईले भने ।