back
stc
prabhu insurance

केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन अप्रिलिया आरएस ४५७ सँग धेरै मिल्दोजुल्दो छ।

सो बाइकमा ४५७ सीसी प्यारालल–ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४७.६ एचपी र ४३.५ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिन स्लिप–एन्ड(एसिस्ट क्लचको साथ ६ स्पिड गियरबक्समा जोडिएको छ । ट्युनो ४५७ को फ्रेम, सस्पेन्सन, ब्रेक र इलेक्ट्रोनिक्स सुइट आरएस ४५७ सँग साझा गरिएको छ।

ट्युनोको ४५७ को डिजाइन अप्रिलिया आरएस ४५७ सँग मिल्दोजुल्दो भएता पनि लुकमा भने केही फरक देखिन्छ। सो बाइकमा दुई वटा शार्प डेटाइम रनिङ लाइट भएको नयाँ एलईडी हेडलाइट नयाँ ट्युनो ४५७ मा रहेको अप्रिलिया ट्राइ–बल्ब सेटअपलाई प्रतिस्थापन गरेको छ । ट्युनोमा १२।७ लिटर इन्धन ट्याङ्की समावेश छ । सो बाइकको तौल १७५ किलोग्राम छ।

ट्युनो ४५७ मा अलि छोटो गियरिङ पनि छ । यसकव बुकिङ सुरु भइसकेको छ र मार्चसम्ममा डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ । ट्युनो ४५७ले यामाहा एमटी–०३ र केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा हुनेछ ।