नेप्सेमा सिटिजन्स बैंकको १ करोड ८४ लाख ५० हजार कित्ता सेयर सूचीकरण
काठमाडौं । सिटिजन्स बैंकको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर अब सिटिजन्सको नाममा सूचीकरण भएको हो । सिटिजन्सले तिनाउ मिसनलाई १ः०.९६ अनुपातमा एक्वायर गरेको थियो ।
सोही सेयर स्वाप अनुसार कायम भएको तिनाउ मिसनको सेयर सिटिजन्सको नाममा सूचीकृत गरिएको हो । अब तिनाउ मिसनका सेयरधनीले सिटिजन्स बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । सिटिजन्सले तिनाउ मिसनलाई एक्वायर गरेर गत चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।
वि.सं.२०७८ जेठ ३१ २०:०६



















