back
prabhu insurance
himalayanlife

नबिल बैंकको सेवा प्रभावित शुक्रवार देखि ४ दिनसम्म हुने

काठमाडौँ। आगामी असार ४ गते शुक्रवार देखि सोमबार ४ दिनसम्म नबिल बैंकको ग्राहक सेवामा समस्या हुने भएको छ । यस सम्बन्धी बैंकले जारी गरेको सूचना अनुसार  असार ४ गते अपराह्न ४ बजे देखि सो बैंकको कोर बैंकिंग प्रणाली (सीबीएस) अपग्रेड गर्न लागिएको हो ।

सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन ) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द हुने जनाइएको छ। यसरी स्तरोन्नति चलिरहेको बेला बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सम्पूर्ण बैंकिंग सेवा बन्द रहने छ। बैंकले सो समयमा सबै सेवा बन्द हुने हुँदा सो समयमा गर्ने पर्ने कामको लागि त्यस अघि नै बैंकलाई जानकारी गराउन पनि सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।