अनुज मणि तिमिल्सिना कुमारी बैंकको कामु सीईओमा नियुक्त
काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
असार ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते समाप्त भएकाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिमिल्सिनालाई दिएको बैंकले जनाएको छ ।

वि.सं.२०७८ साउन १ ०८:५३




















