back
stc
prabhu insurance

कनेक्ट आइपिएसबाट हुने भुक्तानी बढ्यो

काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा बृद्धि भएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकाशं जिल्लामा निषेधाज्ञा लागु हुँदा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएको थियो । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसगैँ कारोबार रकममा बृद्धि हुन थालेको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बैशाखको तुलनामा जेठ महिनामा कनेक्ट आईपिएस मार्फत १ अर्ब ६९ करोड ८४ लाख बढीको कारोबार भएको हो । जेठ महिनामा एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोबार भएको छ भने गत बैशाख महिनामा कनेक्ट आईपीएस मार्फत एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ ।

कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा बृद्धि भएतापनि क्युरा कोड, इकमर्स, वालेट मार्फत हुने कारोबार रकममा कमी आएको छ । वालेट मार्फत गत बैशाख महिनामा दश अर्ब १० लाख बराबरको कारोबार भएकोमा जेठ महिनामा ८ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएको छ । गत बैशाख महिनाको तुलनामा जेठ महिनामा मात्र १ अर्ब ७५ करोड ३० लाखले कारोबारमा कमी आएकोे हो ।

यस्तै गत बैशाखको तुलनामा जेठ महिनामा क्यूआरमा आधारित भुक्तानी मार्फत हुने कारोबारमा ५६ करोड १० लाखले कमी आएको छ । बैशाख महिनामा दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएकोमा जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख बराबरको कारोेबार भएको छ ।