back
stc
prabhu insurance

नेको इन्स्योरेन्सको बोनस सेयर पारित

काठमाडौं । नेको इन्स्योरेन्सको बोनस सेयर अनुमोदन भएको छ । नेकोको असार ३१ गते बिहीबार सम्पन्न साधारण सभाले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नेकोले अहिले १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर दिएको हो । अब बोनसपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका एजेन्डा पनि अनुमोदन भएको छ । साधारण सभा नेकोको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट भएको थियो ।