back
hangrilabank
himalayanlife
stc

महालक्ष्मी विकास बैंकको नाफामा आकर्षक वृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ७१.०१% ले बढेर ७३ करोड २९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । १ वर्षको अवधिमा वितरणयोग्य नाफामा पनि आकर्षक वृद्धि भएको छ ।

असार मसान्तसम्ममा वितरणयोग्य नाफा १७७.४४% ले बढेर ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ६.७९% र खुद ब्याज आम्दानी १.४९% ले बढेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा छ ।