एनएलजी इन्स्योरेन्सको साउन २१ गते वार्षिक साधारण सभा

काठमाडौं । आगामी साउन २१ गते बिहीबार एनएलजी इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद सहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
वार्षिक साधारण सभा बिहान १० बजे भर्चुअल माध्यमबाट एनएलजीको प्रधान कार्यालय पानीपोखरी, काठमाडौंमा सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि साउन १४ गतेबाट बुक क्लोज गर्ने भएको छ ।
साउन १३ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७८ साउन ६ ०९:४४