back
stc
prabhu insurance

कुमारी बैंकले ट्राफिक संकेत बत्ती हस्तान्तरण गरी संचालन

काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक संकेत बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरेकोे छ । काठमाडौं महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरिएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको बताएको छ ।

बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरेका हुन् ।

बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए । साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईज्यूले बैंकले ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे । साथै, अनुशासित सवारी आवगमन हुने विचार व्यक्त गरे ।

कार्यक्रममा काठमाडौ महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहने विचार व्यक्त गरे ।