मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामी खुला
काठमाडौं । मुक्तिाथ विकास बैंकले आज साउन १९ गते मंगलबारबाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ साउन १९ ०९:०४




















