पुरानो लाभांश बुझिलिन महालक्ष्मी विकास बैंकद्धारा आग्रह

काठमाडौं । पुरानो लाभांश लिन महालक्ष्मी विकास बैंकले शेयरधनीलाई आग्रह गरेको छ । बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश केहि शेयरधनीले हालसम्म नलिएका शेयरधनीलाई बैंकले बुझिलिन आग्ह गरेको हो ।
कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन भनेको छ ।
उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले सुचनामा उल्लेख गरेको छ ।
वि.सं.२०७८ साउन १९ १६:२६