फिक्स्ड ब्याजदरमै एनएमबि बैंकले घर कर्जा दिने

काठमाडौं । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एनएमबि बैंकले एउटै ब्यादरमा घर कर्जा दिने योजना ल्याएसँगै ऋणीहरु उक्ता चिन्ताबाट मुक्ता हुने भएका हुन् ।
प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा एनएमबि बैंकले घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । एनएमबि बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो ।
त्यस्तै, फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । ग्राहकले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यसरी योजनाले सघाउ पुर्याउने बैंकको विश्वास छ ।
बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७८ साउन २२ १७:१८