सेजनमा निर्वाचनको रन्को !

काठमाडौं । बिट पत्रकारिता गर्ने पत्रकारहरूको संस्थामध्ये सबैभन्दा आकर्षक मानिएका चार संस्थाहरू : नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल वातावरण पत्रकार समाज (नेफेज), शिक्षा पत्रकार समूह तथा सन्जाल र खेलकुद पत्रकार मञ्चमध्ये अहिले सेजनमा चुनावी रन्को जोडतोडका शुरू भएकोे छ ।
यी संस्थाहरू यसकारण पनि आकर्षक भएका हुन्, कि यिनीहरू पत्रकारका नाममा प्रोजेक्ट ल्याउन र पत्रकारलाई कैदेशिम रोजगारमा विदेश उडाउन माहिर रहेका छन् ।
सबैभन्दा धेरै प्रोजेक्ट ल्याउने काम वातावरण पत्रकार समूहले गर्छ भने त्यसपछि प्रोजेक्ट ल्याउन र पत्रकार विदेश उडाउनमा सेजन पहिलो नम्बरमा पर्दै आएको छ ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयदेखि एनसेल हुदै कर छली अकुत सम्पत्ती कमाएका ओैद्योगिक र व्यापारिक ग्रुपदेखि अरु ग्रुपसम्मको गुलामी गर्दै पत्रकारिताको मर्म र भावनालाई समेत भुल्दै प्रोजेक्ट ल्याई पत्रकारकै टाउको देखाएर आफ्नो थैलो भर्ने काम हुदै आएको छ ।
त्यसपछि विभिन्न एयरलाइन्स कम्पनीको प्रायोजनमा समेत सेजनले आर्थिक पत्रकारहरूलाई सिंगापुरदेखि, दुबई, अमेरिका, लन्डनसमेत उडाइसकेको छ । पदाधिकारी भएपछि पटक–पटक विदेश भ्रमणमा जान पाइने र विभिन्न तालिम–गोष्ठीका नाममा आफै स्रोतव्यक्ति बनेर अतिरिक्त कमाउन पाइने भएकाले सेजनमा यही भदौ महिनामा चुनाब हुदैछ । सेजनका धेरै अध्यक्ष र पदाधिकारी एनआरएनका सदस्य भैसके।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, विश्व बैंकको पेफा प्रोजेक्ट लगायतका दर्जनौं ठाउँबाट प्रशिक्षणका नाममा लिएका कार्यक्रमहरूको पारदर्शिताको विषयमा साधारण सभामा पटक आर्थिक पत्रकारहरूले प्रश्न उठाएपनि त्यसको जवाफ अझै दिन सकेको छैन ।
बरु कर छली गर्ने व्यापारीको बारेमा समाचार लेखेको खण्डमा सदस्यबाटै निलम्बन समेत गर्ने आरोप समेत सेजन कार्यसमितिलाई लाग्दै आएको छ । सेजनमा आफू निकटका पत्रकारहरूलाई मात्र पटक–पटक अपारदर्शी ढंगले विदेश लगेको आरोप पनि लागेको छ ।
वि.सं.२०७८ साउन २२ १७:१२