back
stc
prabhu insurance

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पताल बिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग २०७८ श्रावण ३१ गते सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने छन् ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/ICU/HCU, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेशन -Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख  विकास रावलले हस्ताक्षर गर्नु भएको हो ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म म्क्ष्न्क्ष्त्ब्ी द्यब्ल्प्क्ष्ल्न् मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न समेत अपिल पनि गरेको छ ।