back
stc
prabhu insurance

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

काठमाडौं । २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न एभरेष्ट बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । एभरेष्ट बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ ।

बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यपिटलले गर्नेछ ।  धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।