प्राइम लाइफ इन्स्योरेन्सले ३० कराेड ८० लाख कमायाे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०७७/०७८ मा नाफा ३.२५ प्रतिशत ले बढेकाे छ । प्राइम लाइफकाे जीवन बिमा कोषमा पनि उल्लेख्य बृद्धि भएकाे छ । आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३.२५ प्रतिशत ले बढी हो । अघिल्लो आर्थिक वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार पनि २८.०४ प्रतिशत ले बढेर १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यसको जीवन बिमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ थियो । यसको खुद बिमा शुल्क २२.११ प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । प्राइम लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १३५.०७ पैसा छ ।
वि.सं.२०७८ भदौ २ १८:३१