back
hangrilabank
himalayanlife
stc

कुमारी इक्विटी फन्डको नगद लाभांश खातामा जम्मा

काठमाडौं । कुमारी इक्विटी फन्डले आफ्ना इकाई धनीलाई भदौ १ गतेबाट ५% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको जनाएको छ ।

फन्डले हालम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको हो । यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने कुमारी क्यापिटलले जनाएको छ ।