अर्थ समितिबाट ढुंगाना र साउदलाई कारवाही गर्न निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सिईओ चन्द्रसिंह साउदलाई अर्थ समितिले छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ ।
शुक्रबार बसेको अर्थ समितिको बैठकले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ ।
बुक बिलिडङ विधिबाट शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष ढुंगानाको छोरी र सिईओ साउदको श्रीमतीले खरिद गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए ।
वि.सं.२०७८ भदौ ४ १४:१३



















