मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने म्याद भदौ १० गतेसम्म

काठमाडौं । भदौ १० गते बिहीबार मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने अन्तिम दिन हो । भदौ ४ गतेदेखि यो म्युचुअल फन्ड बिक्री खुला भइरहेको छ ।
तर बिहीबारभित्र माग अनुसार आवेदन नपरेमा भने भदौ १८ गतेसम्म पनि भर्न पाइने छ । मेगा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
यसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यस फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
१० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
यो एक बन्दमुखी योजना हो । मेगा क्यापिटल मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
वि.सं.२०७८ भदौ ९ ०९:०७