कुन बैंकको व्याजदर कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले भदौबाट लागू हुने गरी निक्षेपमा ब्याजदर हेरफेर गरेका छन् । नयाँ ब्याजदर अनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंक लि.ले ब्याजदर बढाएको छ ।
निक्षेप संकट हुने बैंकहरूले निक्षेप बचतमा व्याजदर बढाएका छन् भने राम्रो मुनाफा आर्जन गर्ने र बचत परिचालन धेरै हुने बैंकहरूको बचत व्याजदर ओैषत मै रहेको छ ।
सिभिल बैंक लि को व्यक्तिगत बचत मुद्दतीमा अधिकतम ८.७ प्रतिशत प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदर अनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विज्ञप्ति र सूचनाको आधारमा निक्षेपको नयाँ ब्याजदर यसप्रकार रहेको छः–
नबिल बैंक
साधारण बचतमा खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ। व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज दिने नविल बैंक लि।ले घोषणा गरेको छ । ३ महिनाका लागि भने मुद्दतिमा ५.५१ प्रतिशत सम्मको निर्धारण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ देखि ७.२५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ५ देखि ६.५० प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंक लि।ले सार्वजनिक गरेको छ नयाँ ब्याजदर अनुसार साधारण बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ भने बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म निक्षेपकर्ताले ब्याज पाउनेछन् ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले साधारण बचतमा न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ३।५ कायम गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशतसम्म कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपकर्ताका लागि हो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५ प्रतिशत सम्मको ब्याजदर निर्धारण गरेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतको न्यूनतम ब्याजदर २.५० देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दति निक्षेपको न्यूनतम ६।५० प्रतिशत देखि अधिकतम ब्याज ७.५० प्रतिशतसम्मको नयाँ ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
नेपाल बैंक लि।ले बचतको न्यूनतम ब्याजदर ३.०५ देखि अधिकतम ४.५५ प्रतिशत सम्म ब्याजदर रहेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ प्रतिशतसम्म कायम गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले भदौदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको छ । यसमा साधारण बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निक्षेपकर्तालाई दिनेछ ।
बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशतले तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९ प्रतिशत रहेको थियो । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत तोकेको छ भने साधारण बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर सर्वसाधारण निक्षेपकर्तालाई कायम गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लि।ले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म कायम गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशतसम्म तोकेको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म र मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ देखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५ र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंक
कुमारी बैंक लि।ले बचत खातामा न्यूनतम २.५० प्रतिशत देखि अधिकतम ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ भने बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।
सिभिल बैंक
सिभिल बैंकले मुद्दतिमा सबैभन्दा धेरै ब्याजदर कायम गरेको छ । उसले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने बचतमा न्यूनतम ४.०५ देखि अधिकतम ५.०५ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज दिने उल्लेख गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिनेछ ।
बैंक अफ काठमान्डू
बैंक अफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशतसम्म कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपमा हो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लि।ले बचतको न्यूनतम साधारण ब्याजदर २.७६ देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३ देखि अधिकतम ५ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ । यो ब्याजदर भने एकवर्ष भन्दा माथिको हकमा मात्र लागू हुनेछ ।
एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६ प्रतिशत र अधिकतम ५ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६ प्रतिशत कायम गरेको छ भने न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ ।
वि.सं.२०७८ भदौ १७ १२:१९