आफ्ना ग्राहकहरुको लागि सानिमा बैंकले ल्यायो तिज विशेष योजना

काठमाडौं । आफ्ना ग्राहकहरुको लागि सानिमा बैंकले तिज विशेष योजना सार्वजनिक गरेको छ । हिन्दु नारीहरुको महान चाडको रुपमा हरितालिका तीज नजिकिँदै गर्दा बैंकले यस्तो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
यसका साथै पहिलो एइक् कारोबारमा १० प्रतिशत छु र रु. ५०० सम्मको क्यास ब्याक प्रदान बैंकले जनाएको छ । यसका अतिरिक्त रु. ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ ।
यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।
वि.सं.२०७८ भदौ १८ १४:३४