प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई एक्वायर गर्ने

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
बैंकको हिजो बिहिबार साँझ बसेको संचालक समिति बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको एक सुचना जारी गर्दै बताएको छ ।
वि.सं.२०७८ भदौ १८ १३:०५