मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलामीमा
काठमाडौं । मुक्तिाथ विकास बैंकको संस्थापक सेयरमा आवेदन दिन अब ३ दिनमात्र समय बाँकी रहेको छ । यसमा लगानीकर्ताले भदौ २२ गते मंगलबार भित्र आवेदन दिइसक्नु पर्नेछ । मुक्तिनाथ विकास बैंकले गत साउन १९ गतेबाट बाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरिरहेको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिाथ क्यापिटल, हात्तिसार काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ भदौ २० ०८:५६


















