आफ्ना शेयरधनीको बैंक खातामा युनिलिभरले नगद लाभांश पठाउने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने भएको छ ।
हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश भुक्तानी हुने कम्पनीको भनाई छ । तर लाभांश खातामा कहिलेदेखि पठाउने भनेर कम्पनीले खुलाएको छैन । पठाउने प्रक्रिया सुरु हुन लागेको युनिलिभरको भनाई छ ।
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् ।
डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।
वि.सं.२०७८ भदौ २० ०८:५२