प्रभु बैंक लिमिटेडको १६४ अर्ब निक्षेप र १३५ अर्ब कर्जा लगानी
काठमाडौं । सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंकहरु मध्येमा बित्तीयरुपमा निकै नै बलियो र सवल रहेको प्रभुु बैंक लिमिटेड कुुनै समय प्रभु फाइनान्स लि.रुपमा रहेको थियो । पछि मर्जर गर्दै विकास बैंक हुँदै बलियो बाणिज्य बैंक लि. बनेको थियो।
दुई बटा नोक्सानमा रहेका बाणिज्य बैंक किष्ट बैंक लि. र ग्राण्ड बैंक लि गाभिएर बनेको सबल बैंक हो ।
स्थापनाकादेखि नै प्रभुु बैंकसँग जोडिएको सञ्चालक एवं व्यवस्थापन समिति, सिंगो कर्मचारी संयन्त्र, आम सेयरधनी, ग्राहक, शुुभचिन्तक नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सबैको सामुुहिक प्रयासले प्रभु बैंकले आजको यो इतिहास रच्न सफल भएको हो, आजको यो अवस्थामा आईपुुगेको हो ।
प्रभुु बैंकको अहिले देशभर २१४ वटा शाखा, ५७ वटा एक्सटेन्सन काउन्टर, १८९ वटा एटिएम काउन्टर रहेका छन ।
प्रभुु बैक लि.ले अहिले देशभर १५ लाख भन्दा बढी ग्राहकलाई प्रत्यक्षरुपमा बित्तीय सेवा उपलब्ध गराईरहेको छ ।
प्रभुु बैंक बिशेष गरी तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेड, किष्ट बैंक लिमिटेड, प्रभु बिकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाईनान्स समेत गाभिएर बनेको बैंक नेपाल कै तेस्रो ठुलो निजी स्तरको बैंक हो ।
यदि यो बैंकको सञ्चालक समिति र व्यवस्थापन समिति ठिक थिएन भने खराब वित्तीय अवस्थामा रहेका किष्ट र ग्राण्ड बैंकलाई मर्जर र प्राप्ति गरेर अगाडि लैजाने स्पष्ट दृष्टिकोण थिएन भने सायद प्रभुु बैंक अहिलेको अवस्थामा आउन सक्ने थिएन होला ।
प्रभुु बैंकलाई यो उचाईमा ल्याउनको लागि बैंक व्यवस्थापन प्रमुुखको रुपमा प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनको निकै नै ठुुलो लगन, मेहनत र योगदान रहेको छ ।
बैंकमा प्रमुुख कार्यकारी अधिकृतको रुपमा रहेका शेरचनको दुरदर्शी आर्थिक, बैंकिङ, वितिय दृष्टिकोण, कर्मचारी मैत्री चरित्र, सबैसँग मिल्ने स्वाभाव भएकै कारण बैंकले यो उचाई हासिल गरेको हो ।
नियमनकारी निकायले जारी गरेका ऐन नियमको परिधि भित्र रहेर सिइओ शेरचनले बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्दै आएका छन । सोही बागडोरका कारण बैंकमा अहिले निक्षेप १ खर्ब ६४ अर्ब रुपैयाँ भन्दा बढी पुुगि सकेको छ ।
बैंकले आर्थिक बर्ष २०७७/०७८ मा २ अर्ब एक करोड १६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १ अर्ब १९ करोड ४२ लाख दुुई हजार रुपैयाँ रहेको थियो ।
हाल यस बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको छ। बैंकले आव २०७७/०७८ मा १ खर्ब ६४ अर्ब ८३ करोड २१ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब १७ करोड १२ लाख ७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ५ अर्ब २ करोड १६ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। बैंकमा १.६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा ३.६५ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरण योग्य नाफा भने १ अर्ब ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले १ खर्ब २८ अर्ब ७४ करोड ७ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ४ अर्ब ५२ करोड ९ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो। बैंकमा ३.५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ३.५७ प्रतिशत रहेको थियो ।
अहिले बैकिङ क्षेत्रमा प्रतिस्पर्धा निकै नै बढेर गएको छ । यो बिचमा प्रतिस्पर्धा स्वच्छ हुन पर्छ, स्वच्छ बित्तीय प्रतिस्पर्धामा नै बैंकिङ क्षेत्रको भविस्य सुनिश्चित हुुन्छ भन्ने मान्यता राख्ने प्रमुख कार्यकारी अधिकृत शेरचनले आगामी समय यश प्रभु बैंकले निकै ठुलो वित्तीय फडको मार्न सक्छन भन्ने बिश्वास प्रभुु बैंकका आम सेयरधनीहरुको रहेको छ ।
बैंकका सबै सेयरधनीलाई लगानी अनुसारको प्रतिफल दिन प्रभुु बैंक व्यवस्थापन पक्ष दृढसंकल्पका साथ लागिरहेको छ । प्रभुु बैंक बलियो हुुनुु भनेको प्रभुु बैंक लि।सँग जोडिएका आम सेयरधनी, कर्मचारीहरु, ग्राहकहरु बलियो हुनु हो । यो सबै बलियो भएको खण्डमा नै थोरै भएपनि मुुलुुकको आर्थिक समृद्धिमा प्रभुु बैंकको योगदान ठुुलो रहने छ ।
प्रभुु बैंककै कारण मुुलुकले आर्थिक समृद्धिका रेखाहरु कोरिनेछन । त्यो रेखा प्रत्येक ग्राहककको घरघर, गाउँगाउँ, टोलटोलमा पुग्ने छ ।
जसले प्रभुु बैंकबाट कर्जा लिएर आर्थिक समृद्धि हासिल गरेका छन र गर्नेछन । यो दृढ संकल्प प्रभुु बैंक र प्रभुु बैंक परिवारको हो । अनि यसको व्यवस्थापकीरुपमा नेतृत्व गरिरहेका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनको हो । नरोत्तम सुबेदी
वि.सं.२०७८ भदौ २० १५:०६




















